काठमाडौं, २५ कार्तिक–पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

यसमध्ये १ लाख ६० हजार ५७७ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको कुल संख्या १ हजार १४८ पुगेको छ ।

३८ हजार ३५ जना आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *