विराटनगर, २५ कात्तिक–विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजासहित २ महिला पक्राउ परेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० वर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० वर्षीया बबिता राईलाई ५ केजी ७०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।
