काठमाडौँ, २५ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठकले बिहीबार बैठक राख्न प्रस्ताव गरेको छ।

आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यकारी प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ‌ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको हो ।

धूम्बारही बैठक अघि कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका थिए । तर, अध्यक्ष ओलीले यसको बारेमा ठोस उत्तर दिएका छैनन् ।

यसअघि कात्तिक २१ मा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । उक्त बैठकले पनि औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय गरेको थियो ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको सो बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

पर्सि कात्तिक २७ गते प्रधानमन्त्रीले सचिवालय बैठक राख्ने आशा रहेको बैठकपछि प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *