काठमाडौं, २६ कार्तिक–वाणिज्य बैंकहरुले तिहार बिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् ।

गत वर्ष दशैं र तिहारको बिदामा समेत सीमित शाखामार्फत् सेवा दिएका वाणिज्य बैंकहरुले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको भन्दै तिहार विदामा बैंक नखोल्ने निर्णय गरेका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कात्तिक २९ देखि मंसिर १ गतेसम्म तीन दिन बैंकका शाखा नखुल्ने जानकारी दिए ।

कात्तिक २९ देखि मंसिर १ गतेसम्म शाखा कार्यालयहरु बन्द भए पनि डिजिटल सेवाहरु भने सधैं खुला हुने संघले जनाएको छ । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न अनुरोध गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *