मनकुमार गदाल/दमक, २६ कार्तिक–झापाको दमक चौकस्थित डाँफे मुनाल चोक परिसरमा फुलको बगैचाभरी रहेको दिसा सहितको फोहोर मैला आज बिहान सरसफाइ गरेको छ ।

हेप्पी नेपाल र सानो प्रयास युवा समाज दमकले डाँफे मुनाल चोक परिसरमा फुलको बगैचाभित्रको खाली स्थानमा सरसफाई गरेको हो ।

हेप्पी नेपाल दमकका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले डाँफे मुनाल चोकको फूलको बगैचामा सरसफाई गर्दै नगरपालिकाको सरसफाई शाखाको वेवास्ता र सुन्दरताको परिचय बोकेको स्थानमा जतासुकै दिसा गरी दुर्गन्ध रहनु दमकबासीको बेइजत भएको बताउनु भयो ।

हेप्पी नेपाल र सानो प्रयास युवा समुहले प्रहरी हिरासत ,दमकको आकाशे पुल, मानिसहरुको भीडभाड हुने दमक बस पार्क र सेवा प्रदायक सरकारी कार्यालयहरुमा सेनीटाइजर स्प्रे गर्ने काम गरेको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताउनु भयो ।

कोरोना संक्रमणको जोखिम अवस्थामा त्यसको भाइरसले अरुलाई पुनः संक्रमण नगरोस भनेर इलाका प्रहरी कार्यालय दमकको हिरासत, प्रहरी ब्यारेक, इलाका प्रशासन कार्यालय दमकको कार्यालय परिसरमा सेनीटाइजर स्प्रे गरिएको महासचिव तथा सामाजिक अभियान्ता श्रेष्ठले बताउनु भयो ।

सेनीटाइजर स्प्रेसंगै दमकको आकाशे पुल,दमकको पूर्वको बसपार्क लगायतका ठाउँको पनि सरसफाइ गरिएको हेप्पी नेपालको डिआइसी इन्चार्ज जीवन नेपालीले बताउनु भयो ।

सरसफाई अभियानमा दमक ५ का वडाअध्यक्ष इन्द्र गुरुङ्ग, इलाका प्रशसान कार्यालय दमक प्रमुख कृष्ण आचार्य, इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख विजयराज पण्डितको प्रहरी टोली, सानो प्रयास युवा समाजका अध्यक्ष सुरज श्रेष्ठको युवाको टोली, सामाजिक अगुवा साथै सर्वसाधारण सहभागी भएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *