दमक, २६ कार्तिक–संक्रमण तीव्र फैलिदै गएको दमकमा आज पनि जिल्लाकै सवैभन्दा धेरै संक्रमित थपिएका छन् । थपिएका ८५ संक्रमित मध्ये दमकका ३७ जना रहेका छन् ।

दमकको ४ नम्बर वडा बाहेक सबै वार्डका १८ जना महिला र १९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाको बिर्तामोडमा १३ संक्रमित , गौरादहमा १ जना, मेचीनगरमा ४ जना, भद्रपुर १०, कन्काइमा ४ जना थपिएका छन् ।

यसैगरि हल्दीबारीमा ४ जना, अर्जुनधारामा २ जना, बुद्धशान्तीमा १ जना, कचनकवल २ कमलमा ६ जना, शिवसताक्षी १ जना, झापामा २ जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

आजसम्म झापामा २८०९ जनामा संक्रमण देखिएको छ । झापामा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *