अनिलदेब राई शिबगञ्ज, २७ कार्तिक–यहाँका चार जना मनकारी दाताहरुले प्रदान गर्नुभएको १० कठ्ठा जमिनमा शिबसताक्षी–६ वडा कार्यालय भवनको शिलन्यास गरिएको छ ।
वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार दाताहरुले प्रदान गर्नुभएको जमिनमा आज (बिहिबार) बिहान हिन्दु धार्मीक विधि र परमपरा अनुसार वडा कार्यालयको भवन शिलन्यास गरिएको छ ।
वडा कार्यालयको भवन शिलन्यास भएपछि वडाका जनप्रतिनिधिहरु, सामाजिक तथा राजनीतिक, उद्योगी, व्यवसायी, बुद्धिजिबी र सर्वसाधरयाहरु उत्साहित भएका छन् । उनिहरुका अनुसार शिबसताक्षी नगरपालिकाको ठूलो बजार शिबगञ्ज बजारस्थित वडाको आफ्नै कार्यालय भवन निर्माण भएपछि वडाले प्रदान गर्ने सेवा सञ्चालनमा सहज हुने र सेवाग्राहीले आफ्नो काम गर्न सहज हुने छ ।
शिबगञ्जस्थित जन आर्दश माध्यमिक बिद्यालको प्रवेशद्धार नजिकै भाडाको घरमा वडा कार्यालयले दैनिक सेवा सञ्चालन गरिरहेको वडा अध्यक्ष कार्कीले बताए ।
शिलन्यास कार्यक्रममा जन आर्दश माध्यमिक बिद्यालयका शिक्षक दिनेश श्रेष्ठले सञ्चालन गरेका थिए । वडा सदस्य एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लक्ष्मी गुरागाईले वडा कार्यालय भवन निर्माणका लागि जग्गादाताहरुलाई धन्यवाद ज्ञापन गर्दै स्वागत मन्तव्य राखेक थिए ।
कार्यक्रममा वडा सदस्य बद्री खनाल, उद्योग बाणिज्य संघ शिबसताक्षीका अध्यक्ष एबम् शिबगञ्जका स्थानीय व्यवसायी भोलानाथ मैनाली, शिबगञ्ज बजार व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ गुरागाई, नेकपा वडा नं ६ का अध्यक्ष बिष्णु कटुवाल, नेपाली कांग्रेसका नेता दिपेन पाठक, रेडक्रस सोसाइटी शिबसताक्षी अध्यक्ष नारायण दाहाल, मिनल ढुगाना, दुर्गा सुब्बा, चतुरमान गुरुग, सिताराम भेटुवाल, कमल भण्डारी, लोकबहादुर रोक्का, बलबहादुर राई, सन्तोस भट्टराई, नविन तिम्सिना, माधव बास्कोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, नगरकी प्रमुख प्रशाकीय अधिकृत गीता राई, नेकपा नगर अध्यक्ष महेन्द्र भट्टराई, कांग्रेस नगर सभापति पशुराम ढुगांना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष कार्कीका अनुसार वडा कार्यालय निर्माणका लागि रु १ करोड २३ लाख बजेट समेत बिनियोजित भइसकेको छ ।
अध्यक्ष कार्कीका अनुसार वडा कार्यालय निर्माणका लागि स्थानीय सुरज राजवंशीले ६ कठ्ठा, दुर्गाप्रसाद गुरागाईले २ कठ्ठा, देउ नारायण भण्डारीले १ कठ्ठा र चन्द्रमणी पौडेलले १ कठ्ठा गरेर जम्मा १० कठ्ठा जमिन उपलब्ध गराएका हुन् ।
साविकः शिबगञ्ज गाविस वडा नं १, २ र ३ जोडेर शिबसताक्षी नगरपालिकाको वडाँ नं ६ बनाइएको छ । वडामा एक बहुमुखी क्याम्पस, एक माध्यमि विद्यालय र तीन वटा आधारभूत विद्यालयहरु छन् ।
त्यस्तै, एउटा प्राथमिक स्वास्थ्य केन्द्रसहित इलाका प्रहरी कार्यालय, राष्टिय बाणिज्य बैक लगायत दर्जनौ सहकारी र बैकहरु शिबगञ्जमा स्थापना भएको छ ।

