दमक, २७ कार्तिक–झापाकपो दमकमा आज विहान थप एक जना कोरोना संक्रमित बृद्धको घरैमा मृत्यु भएको छ । दमकका मदिरा व्यवसायी नारायण केसीका पिता ८७ बर्षिय बीरबहादुर केसीको आज बिहान करिब ५ बजे होम आइसोलेसनमै मृत्यु भएको हो ।
यसअघि, हिजो बुधबार साँझ दमक उद्योग वाणिज्य संघकै कानुनी सल्लाहकार सदस्य समेत रहेका अधिबक्ता मोहन अधिकारीकी पत्नी गीता कार्की अधिकारीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
गीता कार्की अधिकारीको विराटनगरको विराट मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २६ पुगेको छ ।
