काठमाडौं, २७ कार्तिक–सरकारले आउँदो मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द जारी राख्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द जारी राख्ने निर्णय गरेको हो ।

सरकारका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस ब्रिफ्रिङ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ । त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए ।

यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *