काठमाडौं, २८ कार्तिक–विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो ।

अर्जेन्टिनाका घरेलु मैदानमा भएको खेलमा पाराग्वेसँग बराबरी खेल्दै अंक बाडेको हो । खेलको २१ औं मिनेटमा पाराग्वेका एन्जल रोमेरोले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

४१ औं मिनेटमा निकोलस गोन्जालेजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । जितसँगै अर्जेन्टिनाले अंक तालिकामा तीन खेलबाट ७ अंक जोडेको छ । अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ ।

यता, पाराग्वे ५ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *