झिलझिले, २८ कात्तिक–झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शिवसताक्ष- ६ शिबगञ्जका ६२ वर्षिय भीम न्यौपानेको उपचारका क्रममा आज विहान बिएण्डसी हसिपटल बिर्तामोडमा मृत्यु भएको हो ।

कोरोना संक्रम व्ण पुष्टि भइसकेपछि गंभीर अवस्थामा पुगेका उनको सोही अस्पतालमा केही दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

मृतकको शव कनकाई नदीको शिवगञ्ज घाटमा नेपाली सेनाको टोलीसंग गरी अन्त्येष्टि गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाका रोशन भट्टराईले बताए ।

शिवसताक्षीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक महिलासहित पाँच पुगेको छ । जिल्लामा भने ७४ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *