काठमाडौं, २८ कार्तिक–बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको छ।

नेपालले पहिलो हाफको १० मिनेटमा पहिलो गोल खाएको थियो भने दोस्रो गोल दोस्रो हाफमा खेलको ८० औं मिनेटमा खाएको थियो।

बंगबन्धु अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीविरुद्ध सुरुदेखि नै दबाबमा रहेको थियो।

कमजोर खेल प्रस्तुत गरेको नेपालको फिनिसिङ लाइन र डिफेन्सको कमजोरीको फाइदा उठाउँदै बंगलादेश गोल गर्न सफल भयो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *