काठमाडौं, २८ कार्तिक–चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ। लक्षण देखिएपछि बिहीबार उनको पिसिआर परीक्षण गरिएको थियो।
हाल उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार डाक्टर केसीमा ज्वरो रुघाखोकीको समस्या देखिएको छ।
