झापा, २८ कात्तिक–जिल्लामा थप ६३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १८ महिला र ४५ पुरुष रहेका छन् ।

झापामा कोरोना संक्रमणका कारण तीन जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक, शिवसताक्षी र अर्जुनधाराका रहेका छन् । योसँगै झापामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ पुगेको जनाइएको छ ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरुमा दममका १३, बिर्तामोडका १३, गौरादह र मेचीनगरका ५–५, भद्रपुर र शिवसताक्षीका २–२, अर्जुनधारा र कामलका ३–३, बुद्धशान्ति, बाह्रदशी र झापाका १–१ र कचनकवलका १४ जना गरि ४४ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए।

योसँगै हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ९१६ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ७७० रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार ७१ जना रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *