धरमपुर (मंगलबारे), २८ कार्तिक–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारका युवा व्यवसायी नेत्र बिमलीले आजदेखी नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् । मंगलबारे बजारस्थित आफ्नै निजी निवासमा नितिन भेराइटिज व्यवसाय सञ्चालन गरिरहेका बिमलीले आजबाट इलोक्टोनिक सम्बन्धीका सामाग्रीहरु सुपथ मूल्यमा बिक्री गर्ने उदेश्यले बिमली ट्रेडस सञ्चालनमा ल्याएका हुन् ।
आज शुक्रबार एक कार्यक्रमबीच बिमली ट्रेडसका औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष एबम् शिबसताक्षी नगरका उद्यमी तथा व्यवसायी भीम नेम्बाङ, साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष खडानन्द घिमिरे लगायत स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
बिमली ट्रेडसमा बिभिन्न कम्पनीका एलसीडि, एलइडी, फ्रिज, बासिङमेसिन, हिटर, तातो चिसो बनाउने थर्मक्स्, जग, भाडा, राइसकुकर, आइरन लगायत घरभित्र प्रयोग गरिने इलोक्ट्रोनिक सामाग्रीहरु ग्राहकहरुलाई उपलब्ध गरिने सञ्चालक नेत्र बिमलीले बताए ।
सञ्चालक बिमलीका अनुसार स्थानीय ग्रामिण क्षेत्रका ग्राहकहरुलाई इलोक्ट्रोनिक सामाग्रीहरु खरिद गर्न दमक, झिलझिले, शिबगञ्ज वा दुधे–सुरुङ्गासम्म जानुपर्ने बाध्यतालाई अन्त्य गर्न मंगलबारे बजारमै बिमली ट्रेडस सञ्चालनमा ल्याइएको हो । उनले मंगलबारे बजार आसपास यहाँका स्थानीय ग्राहकहरु इलोक्ट्रोनिक सामाग्रीहरु खरिद गर्न टाढासम्म धाउनुपर्ने समय र आर्थिक पक्षलाई ध्यान दिदैं दमक, झिलझिले, शिबगञ्ज वा दुधे–सुरुङ्गामा पाउने मूल्यमै बिमली ट्रेडसले उपलब्ध गर्ने बताए ।
बिमली ट्रेडसका सञ्चालक नेत्र बिमलीले मानवीय सेवामा समर्पित हुने उदेश्यले काजी बिमली एम्बुलेन्स समेत सञ्चालन गरिरहेका छन् । बिमली सहकारी संघसंस्थादेखी राजनीति पार्टीमा समेत काम गरिरहेका छन् ।

