काठमाडौं, २९ कार्तिक–नेपालीहरुको घर घरमा दोस्रो ठूलो चाड तिहार भित्रिइरहेका बेला मौसम भने केहि प्रतिकूल हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । आजको मौसमको अवस्था देशको पहाडी भूभागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार राति, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्यय बर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *