भद्रपुर, २९ कार्तिक–थ्रेसरमा च्यापिँदा झापामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ बालुवानी बस्ने ४८ वर्षीया लीला चापागाईँ रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान ८ बजेतिर चलिरहेको थ्रेसरमा ती महिला परेकी थिइन्।

प्रहरीका अनुसार सुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रहरीले उनको शवलाई कानुनी प्रकृया पूरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल पठाउने जानकारी दिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *