दमक, २९ कार्तिक–जिल्ला प्रशासन कार्यालय झापाले देउसी–भैलो र नाचगान माथि रोक लगाउने निर्णय गरेको छ ।

त्यस्तै, छठ पूजाको लागि खोला, ताल पोखरी, नदीमा गएर स्नान गर्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने हुँदा नदी, खोला,पोखरी, तालमा गई पण्डाल बनाएर पूजाआजा नगरी यस वर्ष आ–आफ्नै घर, आँगनमा कुण्ड बनाएर सुरक्षित तरिकाले छठ पूजा गर्न समेत अनुरोध गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बसेको बैठकले तिहार तथा छठ पर्वलाई लक्षित गरी यस्तो निर्णय गरेको हो।

कोरोना भाइरस सङ्क्रमणबाट बँच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *