दमक, २९ कार्तिक–झापाको दमक नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवनको शनिवार यहाँ शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रमका बीच दमक नगर प्रमुख रोमनाथ ओलीले शिलान्यास गरे ।

भवनको शिलान्यासका क्रममा उनले वडा तहबाट जनताको आधारभूत सेवा उपलव्ध गराउन स्थानीय सरकारले काम गरिरहेको वताए ।

उनले नगरपालिकाको १० वटा वडाहरु मध्ये चालु आर्थिक वर्षको समपुरक अनुदान अन्र्तगत तिनै तहका सरकारको आर्थिक सहयोगमा ६ वटा वडा कार्यालय भवन निर्माण हुने क्रममा रहेको जानकारी दिए । ती सवै भवनको कुल लगानी रु ३ करोड १९ लाख रहेको छ ।

सार्वजनिक शौचालय र पार्किङसहितको ५ कोठाको एक तले पक्की भवन निर्माण हुने वडाध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए । भवन निर्माणका लागि स्थानीयले ९ कठ्ठा ६ धुर जग्गा निःशुल्क प्रदान गरेको वडाअध्यक्ष न्यौपानेले बताए ।

उहाँका अनुसार भवन निर्माणका लागि स्थानीय वडा सदस्य समेत रहनुभएका बालकृष्ण खनालले १ कठ्ठा १० धुर, गंगा भण्डारीले १ कठ्ठा १२ धुर, तारा भण्डारीले एक कठ्ठा, भक्तिमाया भण्डारीले २ कठ्ठा, रामनाथ खनाल र इन्द्र वहादुर विष्टले १० ,१० धुर गरि ७ कठ्ठा चार धुर जग्गा बडा कार्यालयलाई प्राप्त भईसकेको छ भने होमनाथ भण्डारीको परिवारबाट १ कठ्ठा ४ धुर र स्थानीय सुवेदी परिवारबाट २ कठ्ठा चार धुर जग्गा प्राप्तिको क्रममा रहेको छ ।

यसवर्ष, दमकको २, ३, ४, ८, ९ र १० का वडा कार्यालय भवन बनिने छन् । ती सवै वडा कार्यालयहरुको भवन निर्माणको जिम्मा माङसुवा प्रबिण जेभीले पाएको र समयमै काम सम्पन्न गरिने निर्माण व्यवसायी मोहन अधिकारीले वताए । भवनको काम १६ महिना संझौतामा उल्लेख छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *