दमक, २ मंसीर–दमकमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमकसहित झापामा १४ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार दमकका ६ पुरुष र २ महिलामा संक्रमण देखिएको हो ।
यस्तै गौरादहका ३ महिला र २ पुरुषमा र मेचीनगरका १ सहित झापामा आज १४ संक्रमित थपिएका हुन् ।
आजनै अर्जुनधाराका ७० बर्षिय बृद्धको बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको छ । झापामा अहिलेसम्म ८१ जना संक्रमितको मृत्यु भइसकेको छ ।
