काठमाडौं, ३ मंसिर–फेरन टोरेजको ह्याट्रिकको मद्दतमा जर्मनीमाथी फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिग फुटबलमो अर्को चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई ६–० ले पराजति गर्दा टोरेजले ह्याट्रिक गरेका हुन् ।
खेलको १७ औं मिनेटम अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यस्तै ३३ औं मिनेटमा फेरन टोरेजले गोल गर्दै अग्रता दोब्बर पारे ।
३८ औं मिनेटमा रोड्रीले गोल गरे । उनले कोकेको पासमा गोल गर्दै स्पेनलाई पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए । स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेका थियो । ५५ औं मिनेटमा टोरेजले व्यक्तिगत दोस्रो गोल गरे ।
त्यस्तै ७१ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरेका हुन् । उनले रुइजको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
खेल सकिन एक मिनेट बाँकी रहँदा मिकेल ओयार्जाबलले गोल गरे । उनले गायाको पासमा गोल गर्दै घरेलु मैदानमा स्पेनलाई जर्मनीमाथी ६–० को फराकिलो जित दिलाए । यस जितसँगै स्पेनल नेसन्स लिगको अकोए चरणमा प्रवेश गरेको छ ।
समूह डीको विजेता बन्दै स्पेनल लिगको अर्को अर्को चराणमा प्रवेश गरेको छ । समूहका ६ खेल खेलेको स्पेनले ११ अंक जोडेको थियो । त्यस्तै पराजित जर्मनी भने समान खेलबाट ९ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
