दमक, ३ मंसिर–अष्ट्रेलियामा कार्यरत बुबा तेजबहादुर र आमा हाङमा लिङदेन लिम्बूकी छोरी सिलविया लिम्बूको २१औं जन्मदिनको अवसर पारेर झापाको दमक–३ दुम्सेस्थित चुलाचुली आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।

दमकमा सामाजिक कार्य गरिरहेको सुन्दर समाज नेपालको व्यवस्थापनमा सिलविया लिम्बूको २१औं जन्मदिनमा दमकको चुलाचुली आधारभुत विद्यालयका विद्यार्थीहरुलाई सर्जिकल मास्क, सेनिटाइजर र हात धुने सावुन वितरण गरिएको हो ।

समाजकी अध्यक्ष रुपा सेलिङका अनुसार दमक लगायत देशभर कोरोना भाइरस (कोभिड १९) का सक्रमण बढ्दो अवस्थामा रहेकोले सिलवियाको जन्मदिनमा विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । उनले जन्मदिनमा गरिने अनावश्यक खर्चलाई सकारात्मक कार्यमा लगाउन सन्देश दिन यस्तो कार्यक्रम आयोजना गरिएको बताईन् ।

दमकको दुम्सेस्थित चुलाचुली आधारभुत विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीहरु दुर्गम गाउँबाट आउने गर्छन् । उनीहरु आर्थिक रुपमा विपन्न छन, सुन्दर समाजकी अध्यक्ष सेलिङले भनिन्–’विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन यतिवेला अभियानै चलाउन आवश्यक छ ।’

यसअघि पनि सोही विद्यालयमा विद्यार्थीहरुलाई सुन्दर समाजद्धारा दमक निवासी हालः युकेमा कार्यरत पुर्व विट्रिस आर्मी नारायण बेघा लिम्बूको जन्मदिनमा समेत विद्यार्थीहरुलाई विद्यालयमा प्रयोग गरिने झोला, कपी, कलम लगायत अन्य स्टेशनरी सामाग्रीहरु वितरण गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *