दमक, ३ मंसिर–झापामा आज थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ९ महिला र २१ पुरुषमा संक्रमण देखिएको हो ।

आजका संक्रमितहरुमा दमकमा ५, भद्रपरमा ९, बिर्तामोडमा ८, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा २र२ जना र शिवसताक्षी र झापा गाउँपालिकामा १-१ जना रहेका छन् ।

त्यस्तै झापामा आज चारजना संक्रमितको निधन भएको छ ।

निधन हुनेहरुमा कमल गाउँपालिका वडा नं ३ का २८ बर्षीय पुरुष, दमक नगरपालिका वडा नं २ का ८२ बर्षीय पुरुष, बुद्धशान्ति गाउँपालिका वडा नं ३ का ६८ बर्षीय पुरुष र अर्जुनधारा नगरपालिका वडा नं ९ का ७३ बर्षीय पुरुष रहेको चौलागाईंले जानकारी दिए ।

झापामा कोरोना संक्रमितको कुल संख्या ३ हजार ९४ पुग्दा १९ सय भन्दा बढी निको भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *