काठमाडौं, ३ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका छन् ।
बुधबार बसेको नेकपा सचिवालय बैठकमा उनले यस्तो धारणा राखेको एक सदस्यले जानकारी दिए । उनका अनुसार नेता नेपालले केन्द्रका मन्त्री, प्रदेश सरकार स्थानीय तहका कामको समीक्षा गर्न ढिला गर्न नहुने बताएका थिए ।
‘कार्यकर्ता र जनतामा व्यापक निराशा भयो आशामा बदल्ने काम गरौँ,” उनको भनाइ थियो, ‘सबै तहका सरकारलाई पार्टी र जनताप्रति उत्तरदायि बनाऔँ ।’
