काठमाडौं, ३ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३५ सय ३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ । देशभर आज ६७३१ जनाको पिसिआर परीक्षण भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *