दमक, ३ मंसिर–प्रदेश १ मा आज ४४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २२३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८-८, कटहरी र मिक्लाजुङमा ६-६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५-५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६-६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २-२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता, झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३-३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २-२, गौरीगञ्जमा १ जनामा संक्रमण देखिएको छ ।
इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १-१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५-५ र उदयपुर गढीमा १, संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १-१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १-१ जनामा संक्रमण देखिएको छ ।
धनकुटाको महालक्ष्मी र धनकुटामा १-१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ५१६ पुगेको छ ।
प्रदेश १ मा आज ३६३ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३५४, मेची अस्पतालबाट ६ र होटल एशियाटिकबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार २३१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार २६१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १४६ महिला र २९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
हालसम्म १ लाख ८० हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
