बिर्तामोड, ३ मंसिर–प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोह बुधबार सम्पन्न भएको छ । नेकपा झापाको सभाहलमा सम्पन्न सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई कुनै बिदेशीले फुटाउन चाहेर पनि फुटाउन नसक्ने बताए । ‘नेकपा चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै भएको बताए ।
नेकपालाई हन्हनी ज्वरो मात्र आएको हो कोरोना भएको छैन मन्त्री भट्टराईले भने–’यो सिजनल फ्लुजस्तो मात्र हो । पानी पट्टी गर्नु पर्छ, यो आफै ठिक हुन्छ ।’
मन्त्री भट्टराईले नेकपाका कार्यकर्तालाई दुबै हातमा मसाल नबोक्न आग्रह गरे । उनले भने–‘दुवै हातमा पानी बोकौं पानीले जीवन दिन्छ, आगोले ध्वस्त बनाउँछ । केन्द्रमा आगो बलिरहेको छ । हातमा पेट्रोल बोक्ने कि पानी ? तपाईंको विचार ।’
प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति झापाका संयोजक मुक्ति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममाथि प्रकाश प्रदेश सहसंयोजक गणेश पोखरेलले गरेका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश १ का अध्यक्ष देबराज घिमिरे, पार्टी केन्द्रीय सदस्य एबम झापा इन्चार्च रविन कोइराला, केन्द्रीय सदस्य नरेश खरेल, संघीय सांसद पवित्रा खरेल निरौला, सांसद बिमला बिक, प्रदेश सांसद एबम् पार्टी प्रदेश सदस्य झलकसिह दर्लामी, एकराज कार्की, बसन्त बानिया, संविधान सभाका सदस्य एबम् नेता मोहन टुडु, पार्टी झापाका अध्यक्ष चिन्तन पाठक, सचिव बिजय साङपाङ राई, संगठनका प्रदेश १ का संयोजक राजन केडी र सहसंयोजक गणेश पोख्रेल लगायतका नेता एबम् झापाली पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला सहसंयोजक टिकाराम उप्रेतीले गरेका थिए ।

