दमक, ४ मंसिर–कोरोना भाइरस संक्रमित झापाको दमक नगरपालिकाका एक वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

दमक-९ का ७० वर्षीय वृद्धको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएका वृद्धलाई पीसीआर परीक्षण गराउँदा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनलाई उपचारका लागि झापाकै बिर्तामोडिस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएको थियो ।

खर्चको अभाव र स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई बुधबार बेलुका दमक नगरपालिकाको कोभिड–१९ हस्पिटलमा ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *