सिरहा, ४ मंसिर–अश्लील भिडियो बनाई ब्ल्याकमेलिङ गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई ब्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलालाई सोही नगरपालिका ४ बस्ने २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई ब्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो ।
हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
