दमक, ४ मंसीर–कोरोना संक्रमणवाट दमक ९ का ७० बर्षिय एक जना बृद्धको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ९ का ७० बर्षिय बलबहादुर धिमाल रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मंसिर १ गते विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उनलाई संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले हिजो बेलुका दमक नगरपालिकाको कोभिड-१९ उपचार केन्द्रमा ल्याएका थिए ।
सोहि उपचार केन्द्रमा आज बिहान २ बजे संक्रमित बृद्धको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८ महिलासहित २९ पुगेको छ ।
