डुडामारी, ४ मंसिर–समुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वच्छ र सफा पिउने पानीको प्रवन्ध भएपछि झापाको शिबसताक्षी–८ डुडामारीस्थित भगवती आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी र अभिबाहकहरु खुशीले दंग भएका छन् ।

विद्यार्थीहरुको लागि ट्युवेल मार्फत पिउने पानीको प्रवन्ध गरिरहेको विद्यालयमा हेल्पिङ ह्याण्ड फर रिलिफ डेभ्लभमेन्ट नेपालको सहयोगमा वर्क फर नेपालले रु १ लाख ५० हजारको लगातमा निर्माण भएसँगै उनीहरु खुशीले दंग भएका हुन् । विहिबार विद्यालयमा एक कार्यक्रमबीच सो फिल्टररिङ खानेपानीको ट्याङ्की विद्यालयलाई हस्तान्त्रण गरिएको छ ।

सो फिल्टररिङ खानेपानी विद्यालयलाई हस्तान्त्रण गर्नुअघि, कार्यक्रममा निर्माण भएको खानेपानीको समुद्घाटन प्रदेश १ का माननीय सांसद झलकसिंह दर्लामी मगरले गर्नुभएको थियो । खानेपानीको उद्घाटन गर्नुहुदै सांसद दर्लामीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निम्ति शुद्ध पिउने पानीको व्यवस्थापन गर्नुहुने संघसंस्थालाई धन्यवाद व्यक्त गरे ।

सांसद दर्लामीका स्वकीय सचिव एबम् नेकपाका शिबसताक्षी नगर सदस्य दुर्गा नेम्बाङका अनुसार विद्यालयमा निर्माण भएको खानेपानीको समुद्घाटनसँगै विद्यालयका प्रधानध्यापक टेकबहादुर थापा मगर र व्यवस्थापन समिति अध्यक्ष एबम् शिबसताक्षी–८ का वडा अध्यक्ष केहरसिंह वस्नेतलाई खानेपानी हस्तान्त्रण गरिएको हो ।

कार्यक्रममा वर्क फर नेपालका अध्यक्ष त्रिचन्द्र अधिकारी, कार्यक्रम संयोजक जीवा पोख्रेल, शिबसताक्षी–८ का वडा जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, विद्यालयका अभिबाहकहरु, शिक्षक–शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
ु

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *