गौरादह, ४ मंसीर–पत्रकार झगेन्द्र खड्कालाई पितृशोक परेको छ । उनका ८१ वर्षिय पिता टेकबहादुर खड्काको आज दिउसो करिब ३ः१५ बजे गौरादह नगरपालिका वार्ड नं २ दहलु वस्तीस्थित आफनै निवासमा निधन भएको हो ।

निमोनियाबाट थला परेका स्व.खड्कालाई परिवारले ३ दिन अघि दमकस्थित आम्दा अस्पताल र लाईफलाईन अस्पतालमा उपचार गराएका थिए । उनका एक श्रीमती टुकमाया सहित चार छोरा रहेका छन् ।

झगेन्द्र गौरादह ८ स्थित अरूणोदय आधारभूत विद्यालयका प्रअ तथा नेपाल प्रेस यूनियनका सदस्य समेत हुन् । स्व खड्काका छोरा बुहारीहरू भक्त बहादुर र चन्द्रमाया, झगेन्द्र र सुशिला, यज्ञ बहादुर र कमला , रामकृष्ण र रेनुका खड्का छन् ।

स्व खड्काको भोलि मंसीर ५ गते बिहान ८ः ३० बजे स्थानीय किश्ने घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *