दमक, ४ मंसिर–दमकका २० सहित झापामा आज थप ७५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ४० पुरुष रहेका छन् ।आज थपिएका संक्रमितहरु सबै स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसरी संक्रमित हुनेहरुमा दमकका १० महिला र १० पुरुष गरि २०, बिर्तामोडका ११, गौरादहका ४, भद्रपुरका ७, अर्जुनधाराका ५, शिवसताक्षीका २, कमलका ४, झापाका ६, कन्काईका ४, मेचीनगरका ७, हल्दिबारीका ३, गौरिगञ्ज र बुद्धशान्तिका १-१ जना गरि ७५ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।
योसँगै हाल झापामा कुल संक्रमितको संख्या तीन हजार १६८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ९८५ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या एक हजार ९५ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ९ का ७० वर्षिय र झापा ७ का ७२ वर्षिय पुरुष रहेका छन् ।
योसँगै झापामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।
