काठमाडौं, ४ मंसिर–यतिबेला विश्वका विभिन्न औषधि कम्पनी कोरोना भाइरसविरुद्ध खोप निर्माणमा जुटिरहेका छन् ।

हालै अमेरिकाको मोडर्ना कम्पनीले आफूले विकास गरेको खोपले झण्डै ९५ प्रतिशत ९९४।५० प्रतिशत प्रभावकारी अर्थात् कोरोना नष्ट गर्ने देखिएको दाबी सार्वजनिक गरेको छ । यस्तै गत हप्ता मात्र अमेरिकाकै फाइजर कम्पनीले पनि कोरोनाविरुद्ध खोप तयार भइसकेको जानकारी दिएको छ ।

तर, यी दाबीबीच चिकित्सा विज्ञले खोप निर्माणका लागि सार्क माछाको कलेजोको तेल, विशेष रूखको बोक्रा र बालुवाजस्ता ५ सय चिज व्यवस्था गर्नुपर्ने हुन्छ, तर तिनको संकट देखिएको बताएका छन् ।

खोप निर्माणका लागि अति आवश्यक वस्तुमध्ये एक हो-सार्क माछाको कलेजोको तेल, जुन फ्लुविरुद्ध बनाइने खोपमा प्रयोग गरिन्छ । संरक्षण समूहले सार्कको माग बढ्ने र यो धेरै संख्या मारिने अनुमान गरेको छ ।

यस्तै खोप निर्माणका लागि आवश्यक पर्ने अर्को चिज हो-क्विलाज जातका रूखको बोक्रा । यसमा मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउने गुण हुन्छ ।

तर, यो रूख पनि यतिबेला खडेरीको चपेटामा परेको र यसको बोक्रा पनि विशेष महिनामा मात्र निकाल्न मिल्ने विज्ञले बताएका छन् ।

यस्तै खोपका लागि फायरफक्स शिशी बोरोसिलिकेट ग्लासबाट बनेका हुन्छन्, त्यो पनि पर्याप्त छैनन् । साइन्टिफिक एडभाइजरी ग्रुप अफ इमरजेन्सीका सदस्य सर जन बेल भन्छन्, ‘केवल २० करोड शिशी छन्, जुन प्रयोगमा छन् ।

स्रोतः दैनिक भास्कर

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *