दमक, ५ मंसिर–झापाको दमकमा क्रियाशील सामाजिक संस्था पहिलो पाइला नेपालले चितवनमा धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजकत्वमा जनस्तरबाट निर्माणाधिन अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि रु ३० हजार रुपैया सहयोग गरेको छ ।

रंगशाला निर्माणमा सहयोग पु¥याँउने उद्धेश्यले संस्थाका सदस्यहरुवाट संकलित सो सहयोग रकम फाउण्डेशनलाई प्रदान गरिएको अध्यक्ष दिपक खडकाले जानकारी दिए ।

अध्यक्ष खड्कासहित संस्थाका सल्लाहकार एवं पदाधिकारी, सदस्यहरुको टोली आज बिहान निर्माणाधिन रंगशालामा पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई सो रकम हस्तान्तरण गरेका हुन् ।

फाउण्डेशनले जनस्तरबाट सहयोग जुटाएर गरिरहेको सो महत्वपूर्ण काममा सहयोग गर्न पाउदा संस्थाका सदस्यहरुले खुशी व्यक्त गरेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *