झिलझिले, ६ मंसिर–झापाको शिबसताक्षी नगरका क्रियाशिल पत्रकारहरुको छाता संगठन सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशनको अवसरमा मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार अनिलदेब राई पुरस्कृत भएका छन् ।
विगत दुई दशकदेखि सोही क्षेत्रबाट पत्रकारिता पेशामा क्रियाशील पत्रकार राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंया राशि सहित सम्मान र दोसल्ला ओढाएर पुरस्कृत गरिएको छ ।
दुधेस्थित राष्ट्रिय रमरिर्णय आर्दश माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पत्रकार राईलाई सम्मान पत्रसहित राशिको सो पुरस्कार शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य राई प्रेस संगठन नेपाल झापा जिल्ला कमिटिका सदस्य हुन् । झापा शिबसताक्षी–३ घर भएका पत्रकार राई पछिल्लो समय दमकमा पत्रकारिता गरिरहेका छन् । पत्रकारसँग सम्बन्धीत विभिन्न संघसंगठनहरुमा क्रियाशिल पत्रकार राई सतासी प्रेस क्लबका संस्थापक हुन् ।
त्यस्तै, आजै सम्पन्न सताक्षी प्रेस क्लबको दोस्रो साधारणसभा तथा अधिवेशनद्धारा सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका छन् । अधिवेशनले क्बलको उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।
त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।
कार्यक्रमको वन्दसत्रमा आव ०७६।७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।
प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरुलाई शब्दद्वारा स्वागत उपाध्यक्ष सेलिङ केसीले गरेका थिए भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेको रहेको थियो ।

