काठमाडौं, ६ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको विवाद उत्कर्षमा पुगेका बेला नेता सुरेन्द्र पाण्डेमाथि आक्रमण भएको बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु,’ उनले भनेका छन् ।

नेता पाण्डेमाथि शनिबार चितवनमा नेकपाकै कार्यकर्ताले नाराबाजी गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *