दमक, ६ मंसिर–गौहत्याको आरोपमा झापाको दमकबाट चार जना पक्राउ परेका छन् । गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा दमक प्रहरीले हिजो बेलुका छापा मारेर दमक-७ का २० वर्षिय बब्लु अली, सोही ठाउँका ४२ वर्षिय ढकराज रामदाम, २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनीहरुले बिहीबार बेलुका नै बाछो काटेर केही मासु खाइसकेका र करिव १० केजी मासुुसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनीहरुमाथि गौहत्याको आरोपमा कार्वाही चलाइने तयारी भईरहेको प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए ।
