दमक, ७ मंसिर–आज झापामा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आठ स्थानीय तहका २८ महिला र २६ पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईका अनुसार बिर्तामोडमा १०, भद्रपुरमा ११, कनकाईमा १४ र दमकमा सात जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणबाट कनकाईमा ६५ वर्षीय पुरुषको ज्यान गएको छ ।
