बिर्तामोड, ६ मंसिर–झापाकोबिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।
प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ ।
बिर्तामोड नगरपालिकामा शनिबार प्रमुख शिवाकोटी सहित ८ महिला र ५ पुरुष गरी १३ जनामा संक्रमण देखिएको छ ।
