मुम्बई, ६ मंसिर–नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको छ ।

एनसीबीका अधिकारीहरुले शनिबार भारती र उनका श्रीमानको प्रोडक्सन कम्पनी र घरमा छापा मारेको थियो । छापा मारेको दुबै ठाँउमा एनसीबीले ८६.५ ग्राम गाँजा भेट्टाएको हो ।

एनसीबीका जर्नल निर्देशक समीर वानखेडेले मिडियालाई जानकारी दिँदै भारती र उनका श्रीमान दुबैलाई एनसीबीले सोधपुछका लागि बोलाएको हो, र सोधपुछपछि साँझ भारतीलाई एनसीबीले पक्राउ गरेको हो ।

एनसीबीलाई बयान दिने क्रममा भारती दम्पतीले उनीहरु लागुऔषध सेवन गर्ने गरेको स्विकारेका छन् ।

बलिउड लागुऔषध मुद्दामा एनसीबीले आफ्नो अनुसन्धान तिब्र बनाइरहेको छ ।

यसअघि अभिनेता अर्जुन रामपालको घरमा पनि एनसीबीको टिमले छापा मारेको थियो । बीबीसीबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *