उदयपुर, ७ मंसिर–उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ।

अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको छ भने अर्को बम कार्यालयको गेट अगाडी रहेको प्रहरीले जनाएको छ।

विस्फोट भएको बमले गाउँपालिका कार्यालयमा ठुलो क्षति भएको पालिका अध्यक्ष उद्धव सिंह थापाले जानकारी दिए। बम विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थापाले बताए।

यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं बाहिनी अड्डा भुल्केलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए।

बम विस्फोटको कसैले जिम्मा नलिएकोले र घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *