काठमाडौं, ७ मंसिर–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ। गएराति सम्पन खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो।

एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक करास्कोले खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा गरेका थिए।

एटलेटिको म्याड्रिड ला लिगामा पछिल्लो २४ खेलमा अपराजित रहेको छ। यो जितपछि एटलेटिको ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ। एटलेटिको म्याड्रिडको ८ खेलमा २० अंक भएको छ।

यस सिजनमा ८ खेलमा एटलेटिकोले ६ जित र दुई बराबरी खेलेको छ। साथै यस सिजनको ला लिगामा कुनै पनि खेलमा हार नबेहोरेको टिम एटलेटिको मात्र रहेको छ।

त्यस्तै बार्सिलोनाले भने यस सिजनको लिगमा तेस्रो हार बेहोरेको छ । बार्सिलोना ८ खेलमा ११ अंकसहित लिगको १०औ स्थानमा झरेको छ।

गएराति नै भएको अर्को खेलमा रियल मड्रिड भिल्लारियलसँग १-१ को बराबरीमा रोकिएको छ। यसैगरी, लेभान्ते र इचेले पनि एक एकको बराबरी खेले भने सेभिल्लाले सेल्टाभिगोलाई चार दुईले हरायो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *