काठमाडौं, ७ मंसिर–टोटेनहम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्द टोटेनहम शीर्ष स्थानमा पुगेको हो।

सिटीविरुद्ध टोटेनहमले दुवै हाफमा १-१ गोल गरेको थियो।

खेलको पाँचौ मिनेटमा टोटेनहमका सन ह्युन मिनले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए। उनलाई गोल गर्न एनडेम्बेलेले पास दिएका थिए।

६५ मिनेटमा टोटेनहमले दोस्रो गोल गर्‍यो। ह्यारी केनको पासमा लो सेल्सोले दोस्रो गोल गरेका थिए।

लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुमलाई १-० गोलले पराजित गरेको छ। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले ५६ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

त्यसअघि, चेल्सीले न्युकासललाई २-० र ब्राइटनले एस्टन भिल्लालाई २-१ ले हराए।

लिगको अंक तालिकामा टोटेनहम ९ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको चेल्सीको १८ अंक रहेको छ।

एक खेल कम खेलेको तेस्रो स्थानको लेस्टरको १८ अंक छ। साविक विजेता लिभरपुल १७ अंकसहित चौथो स्थानमा रहेको छ।

लिगमा आइतबार लिभरपुल र लेस्टरबीच खेल हुनेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *