काठमाडौं, ७ मंसिर–देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ६६९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६९ संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६९९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ९९ हजार २४ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर ६८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *