काठमाडौं, ८ मंसिर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनकी राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । नेकपा सङ्कट बढ्दै जाँदा उनीहरूबीच करिब आधा घण्टा छलफल भएको थियो । भेटमा चीनका राष्ट्रपति सी जिनपिङको किताब हस्तान्तरण, चाडबाडको शुभकामना आदान-प्रदान र चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध र त्यसको पछिल्लो आयामबारे सामान्य छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

“यो सामन्य शिष्टाचार भेट हो । भेटमा सामान्य कुराकानी मात्रै भयो । पार्टीभित्रको विवादबारे प्रवेश नै भएन,” सापकोटाले जिकिर गरे ।

तर, राजदूत यान्छीले नेकपाको विवाद बढेसँगै आफ्नो सक्रियता पनि बढाएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेकी छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *