काठमाडौं, ८ मंसिर–पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।

सोही अवधीमा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ४३ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

हालसम्म संक्रमित मध्ये २ लाख २ हजार ६७ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *