दमक, ८ मंसिर–झापाको दमकमा आज एकैदिन थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरानमा गरिएको पिसिआर परिक्षणमा आज सो संख्यामा संक्रमित थपिएका हुन् ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार केही दिन अघि दमकबाट २३७ जनाको स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । सो मध्ये आशिंक रिपोर्ट प्राप्त भएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय झापाले आज सार्वजनिक गरेको विवरण अनुसार दमकमा ४९ सहित आज जिल्लाभर ९० जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ ।

यससंगै झापामा कूल संक्रमतिको संख्या ३ हजार ३ सय ६१ पुगेको छ भने २ हजार २ सय ७३ जना उपचारपछि संक्रमण मुक्त भएका छन । मेची नगर र भद्रपुरमा एक , एक जनाको मृत्यु भएको छ ।

मेचीनगरमा ८२ बर्षिया महिला र भद्रपुरमा ७२ बर्षका पुरुषको मृत्यु भएको हो । यससंगै जिल्लामा मृतकको संख्या ९६ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *