काठमाडौं, ९ मंसिर–भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ३९ हजार ८६५ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ५९ संक्रमित थपिएका छन् ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा ५११ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ७३८ पुगेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *