काठमाडौं, ९ मंसिर–अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख ७२ हजार ५५६ पुगेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *